चितवनका कुनैपनि वाटोलाई धुलो मैलो हुँदैनः प्रचण्ड

677
views

चितवन,पुस– ६ नेकपाका अध्यक्ष एवंम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सौहाद्रपूर्ण वातावरणमा छलफल भैरहेको दावी गर्नुभएको छ । हीजो सहिद स्मृति मावि भरतपुर ६ पारसनगर चितवनको स्वर्ण महोत्सव उद्घाटन गर्दै प्रचण्डले बाहिर मिडियामा थुप्रै खबरहरु आएपनि भित्र राम्रोसंग छलफल भैरहेको बताउनुभयो । “सबै स्थायी कमिटी सदस्यहरुले खुलेर कुरा राख्नुभएको छ, बैठकको उचित निष्कर्ष सहित देशमा नयाँ अभियान लिएर आँउदै छौं ।” नेकपा नेतृत्वको सरकारले देशमा परिवर्तन ल्याएरै छाड्ने भन्दै सबैको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रचण्डले पार्टी र सरकारले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई जोड दिएको बताउनुभयो । “अव प्राविधिक र ब्यवसायिक शिक्षालाई बढाउने हो,अध्यक्ष प्रचण्डले भन्नुभयो,सामान्य नैतिक शिक्षाको मात्रालाई घटाउँदै लैजाने हो ।” नेपाली शिक्षालाई जिवन उपयोगी र बैज्ञानिक बनाउन जरुरी रहेको प्रचण्डको भनाई छ । पढेलेखेका युवालाई बिदेश लैजाने नभई देशमै रोजगार सृजना गर्ने खालको शिक्षा दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रचण्डले चितवनलाई विकासमा नमुना जिल्लाको रुपमा प्रस्तुत गर्ने अभियानमा लागेको भन्दै चार बर्ष भित्र चितवनका कुनैपनि वाटोलाई धुलो मैलो हुन नदिने दावी गर्नुभयो । चितवनमा हुलाकी सडक,राप्ती नारायणीमा तटबन्ध सहितको चक्रपथ,क्रिकेट मैदान र सिटिहल निर्माण अघि बढेको प्रचण्डको भनाई छ ।