सांसद घर्तिको सपना पुरा गर्छौं

797
views

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले सासद घर्तिकै घरमा शोक सभाको आयोजना गरेको छ । शेकसभामा गण्डकी प्रदेशको बागलुङको सांसद टेक वहादुर घर्तिको सपना पुरा गर्ने जिल्लाका बिभिन्न दलका नेताहरुले प्रतिबद्धता ब्यक्त गरेका छन ।

राष्ट्रिय जनमोर्चाले बागलुङको ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा आयोजना गरीएको श्रद्धाजञ्जली सभामा बोल्ने अधिकांस बक्ताहरुले सांसद घर्तिले देखेका सपना पुरा गर्न आफुहरु लागिपर्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य यवं बागलुङ जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले जनताको गास, बास र कपास पाउने अधिकार लाई स्थापित गर्ने सांसद घर्तिको सपना स्मरण गर्दै उहाको सपना पूरा गर्ने कार्यभार आँफ्नो काँधमा जिम्मेवारी आएको बताए । घर्तिले जनताको सेवामा लगाएको समय अतुलनिय भएको भन्दै ढुंगानाले घर्तिको निधनले सिंगो जिल्लालाई घाटा पुगेको बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा र चन्द्र बहादुर बुढा मगरले ढोरपाटन क्षेत्रको बिकासको संभावनामा लागि पर्दै बागलुङको २ नम्बर क्षेत्रलाई जलबिधुतको केन्द्रको रुपमा बिकास गर्न लागि पर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद दिपक कोईराला, राजमो जिल्ला उपाध्यक्ष धर्म कुवर, ढोरपाटन नगर प्रमुख देव कुमार नेपाली, नेकाको यामु बि. पैबि, नेकपा क्रान्तिकारीका वावुराम नेपाली, नेकपा जिल्ला संयन्त्र सदस्य फमलाल निउरे, सांसद घर्तिकी श्रीमती सुनमाया घर्ति, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता र सचिब भीमलाल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।