जनप्रतिनिधिहरुले विलाशिताको बाटो रोजे–नेविसंघ

877
views

महेन्द्र जिसी
पर्वत, ८, पौष । नेपाली काँग्रेस समर्थक युवाहरुले वर्तमान सरकार विलाशितातर्फ उन्मुख भएको बताएका छन । केन्द्र देखी स्थानीय तह सम्मका सरकारहरु विलाशीतामुखी भएका कारण सरकारी धनजनको दुरुपयोग बढेको बताएका हुन ।

स्थानीय तहमा लगाएको अनावश्यक करका कारण सर्वसाधरण चर्को मार खेपेको बताउँदै सर्वसाधरणले तिरेको करको सदुपयोग गराउन आँफुहरु एकजुट हुनुपर्ने युवाहरुले बताएका हुन । आउँदो पौष मसान्त सम्म हुने नपाल विद्यार्थी संघको अधिवेशनको तयारीका लागि गाउँ जागरण सञ्चालन काँग्रेसले गाउँ स्तरीय कमीटी गठनमा जुटेको हो । युवाहरुले स्थानीय तहमा लगाइएको कर र त्यसमा भईरहेको दुरुपयोगका कारण युवाहरु एक हुन आवश्यक रहको बताए ।

शुक्रबार फलेवास नगरस्तरीय युवा संघ गठन प्रकृयामा युवाहरुले नगर पालिकाले ८५ प्रतिशत भन्दा बढी कर लगाएर करको दुरुपयोग गरेको बताए । जनताको सेवा भन्दा जन प्रतिनिधिको विलाशितामा नगरपालिका उद्धत भएको भन्दै सर्वसाधरणले तिरेकोे कर विकासमा लगाउन अभियान थाल्ने युवाहरुको भनाई छ ।

बाईट १ २ ३ युवाहरुले विकासे काम अनुगमनमा मात्रै फलेवास नगरपालिका १६ लाख खर्च गरेर भोज भतेरमा सकेको तथा कच्ची घरको समेत कर लगाएर जनतालाई मारमा पारेको भन्दै आक्रोश व्यक्त गरे ।

सो कार्यक्रममा नेपाली काँगेसका महासमिति सदस्य गंगाधर तिवारीले नगरपालिका कार्यन्वयमा आएको डेड वर्षसम्म पनि केन्द्रको तय गर्न नसकेकोमा आपत्ति जनाए ।

उनले जन प्रतिनिधिले गर्ने काम भन्दा बढी आफन्तलाई सुविधा दिलाउनेतर्फ नगर प्रमुख लागेको आरोप लगाए । जनप्रतिनीधि स्वार्थी हुँदा जनताका कामहरु ओझेलमा पर्ने तिवारीको भनाई थियो ।

विकासे बजेटले आफन्तलाई अनुगमनका नाममा घुमाएर सुविधा दिलाउन लागेको प्रति तिवारीले नगर पालिकाका जन प्रतिनिधि भ्रष्ट्राचार तर्फ लागि परेको दाबी गरे ।

नेविसंघ संयोजकमा पाठक
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघ फलेवास नगरपालिकाको संयोजकमा सन्तोष पाठक चयन भएका छन् । समितिको सह–संयोजकमा समील श्रेष्ठ र अमृता थापा चयन भए ।
त्यस्तै सचिवमा गोविन्द्र तिवारी, सह–सचिवमा रुपेश पौडेल, कोषाध्याक्षमा ज्याती सापकोटालाई चयन गरिएको छ ।

समितिका अन्य सदस्यहरुमा ज्योती सापकोटा, सन्दिप कुँवर, युवराज वि.क, सम्झना सापकोटा, सुरेश वि.क, झरना श्रेष्ठ, राजु परियार, ऋतिका क्षेत्री, समिर पाठक, सुनिल चेपाङ, मन्जु भुषाल, शिशिर भुषाल चयन भएका छन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका उपाध्यक्ष तथा निर्वाचन संयोजक किशोर सुवेदीको सहकभागिता रहेको थियो ।