नेताको प्रश्न ओली–प्रचण्डको जवाफ

674
views

काठमाडौं । नेकपा स्थायी समितिको आइतबारको बैठकमा नेताहरूबाट उठेका प्रश्नहरुको जवाफ अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिने छन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो धारणा राखेका छन् । उनले अध्यक्षद्वयको प्रतिवेदनमा समर्थन जनाउँदै सरकारले प्रभावकारी काम गरिरहेको बताए । सरकारले अन्तराष्ट्रीय सम्बन्ध स्थापित गर्न सरकार सफल रहेको पनि उनले बताए ।

त्यसपछि बैठकमा विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसनको मंसिर १४ देखि १७ सम्म काठमाडौंमा सम्पन्न एसिया प्यासेफिक समिट २०१८ का बारेमा नेताहरुले गरेको आलोचनाको वरिष्ठ नेता माधव नेपालले जवाफ दिए ।

प्रवक्ता नारायाणकाजी श्रेष्ठले प्रतिवेदनमाथि नेताहरुले बोल्ने क्रम सकिएको र आजै ४ बजे पुनः स्थायी समितिको बैठक बस्ने बताए । बैठकमा उठेका नेताहरुको जवाफ अध्यक्षद्वय ओली–प्रचण्डले दिने भएका हुन् ।