खाडा गाउँका ८७ घर आगोले ध्वस्त (अपडेट)

787
views

कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भएको भीषण आगलागीमा ८७ घर जलेर नष्ट भएका छन् । राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएका छन् । मानवीय क्षति नभए पनि बस्ने बास ध्वस्त भएका छन् । आगोमा परि कतिपयका पशु चौपाय पनि मरेका छन् ।

गएराती करिब १० बजेदेखि सुरु भएको आगो दिउसो १२ बजेमात्र नियन्त्रणमा आएको छ । आगलागीमा झण्डै ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

परम्परागत शैलीका खरले छाएका छाना भएको १७९ घरधुरी रहेको गाँउको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट आगालागि सुरु भएको गाउँपालिकाकी अध्यक्ष दानादेवी न्यौपानेले बताईन् ।

प्रारम्भिक विवरण अनुसार आगालागीमा परि १६ जना घाईते भएको प्रहरीले जनाएको छ । खाडा गाउँ जिल्ला सदरमुकाम मान्मबाट करिव ३२ कोषको दुरीमा पर्दछ ।