सत्ताधारी नेकपाका कारण देश कम्जोर–अधिकारी

1155
views

सागर सुवेदी
पोखरा, १४ पुस । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट ब्युरो सदस्य एवं प्रदेश नं ४ का सेक्रटरी श्रीनाथ अधिकारी ‘श्याम’ले मुलुक माओवादीमय बन्दै गएको दाबी गरेका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नं ४ को बैठकलाई संबोधन गर्दै अधिकारीले मुलुकमा दुई तिहाई बहुमत पाएको सत्ताधारी नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई कम्जोर पार्दै लगेको दाबी गरे । उनले जनताका एजेण्डा भन्दा पनि दलाल सामन्तवादको ऐजेण्डामा देश चलेको आरोप लगाउँदै क्रान्तिकारी माओवादीले उठाएको ऐजेण्डाले मात्र मूलुकको रक्षा हुने दाबी गरे ।

बैठकलाई संबोधन गर्दै नेता अधिकारीले भने ‘जनता सडकमा छन्, दैनिकी चलाउन मुस्किल छ, राज्य कर लगायतका विषयहरुमा जनताकै ढाड सेक्ने गरी अगाडी बढ्दा जनजीविका लगायतका विषयहरु दिनप्रतिदिन ओझेलमा पर्दै गएका छन् ।’

उनले दक्षिणपन्थी, दलाल, संशेधनवादी र अराजक कम्युनिष्टहरुको विरोध गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।