तमु ल्होसारमा गण्डकी प्रदेशमा सार्बजनिक बिदा

1118
views

सिताराम थापा
बागलुङ १४ पुस, । गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्कमा सार्वजनिक बिदा घोषणा गरेको छ । गण्डकी प्रदेश तमुहरुको उद्गम थलो मानिने भएकोले सरकारले पुस १५ गते आइतबार सार्वजनिक बिदा घोषणा गरेको हो ।

प्रदेश सरकारलाई यस्तो विशेष अवसरमा बिदा दिन वर्षको ६ दिन पाउने व्यवस्था अनुसार तमु ल्होसारबाट गरिएको गण्डकी प्रदेश ले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सुक्रबार मन्त्रिपरिषदको बैठकबाट बिदा दिने औपचारिक निर्णय गराएका हुन् ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति पनि जारी गरेर बिदाको जानकारी दिएको छ । ‘पौष १५ गते आइतबारका दिन तमु ल्होसार पर्व परेकाले गण्डकी प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा दिने गण्डकी प्रदेश सरकारबाट पौष १३ गते निर्णय भएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ मानुन मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।