पारशको जन्मदिन, परिवार पोखरा, पारस चितवन

608
views

काठमाडौं, १५, पुस । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारस शाहले यो वर्ष अरु साथीहरूसँग मनाउने हुनुभएकोे छ ।

शनिवारै चितवन आउनुभएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ ।

पुर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गर्नुभएको थियो । आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन्’–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।

यही पुस १७ गते अग्रेजी नया वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो ।

श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुग्नुभएको थियो । यसैबीच पुर्व राजा ज्ञानेन्द्र आज आइतबार देवीको मन्दीरमा पुजाअर्चना गर्न दुलेगौडा जाने कार्यक्रम तय भएको छ ।

उहाँ पश्चिमाञ्चललगत्तै माघ पहिलो साता पुर्वाञ्चलको झापा जाने कार्यक्रम तय भएको छ । नेपाल समाचारपत्र दैनिकबाट