विमानस्थलका लागि २५० बिगाह जग्गा अधिग्रहण

687
views

विराटनगर, १६ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न २५० बिगाह जमीन अधिग्रह गर्नुपर्ने बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औँं वार्षिकोत्सवका अवसरमा बोल्दै राईले यस्तो बताएका हुन् । राईले अन्तराष्ट्रिय विमानस्थलका लागि तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा दिई अधिग्रहण गर्न ढिला गर्न नहुनेमा जोड दिए ।

उनले यस विमानस्थलबाट प्रदेशका १३ स्थानलगायत पोखराका लागि उडान चाँडै सुचारु गर्ने बताउँदै स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पु¥याउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन आवश्यक डिपीआर तयार भए सङ्घीय सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सकिने बताए ।

विराटनगर विमानस्थलबाट अहिले काठमाडाँैका लागि चार वायुसेवा कम्पनीका दैनिक आवातजावत गरी २८ उडानका साथै तुम्लिङटार र साप्ताहिक रुपमा पर्वतीय उडान भइरहेका छन् ।