हेमजामा टोपी दिवस

700
views

गोबिन्द तिमिल्सिना
हेमजा, १७ पुष । ‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा न. २५ हेमजामा आज नेपाली टोपी दिबस मनाइएको छ ।

लियो क्लब अफ हेमजाको आयोजना तथा लाइन्स क्लब अफ हेमजाको सहयोगमा हेमजाको प्रगतिचोकबाट ¥याली निकालीएको थियो । ¥याली हेमजाको प्रगतिचोकबाट सुरु भइ मिलनचोक हुदै साझाचोक भएर लामाचौतारासम्म पुगेर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा जागरण अभियान नेपालका अध्यक्ष संकरमणि त्रिपाठीले अब बिद्यलयमा टाइ जस्तै गरि टोपी पनि अनिवार्य गर्नुपर्नेमा जोड दिए । नेपाली टोपीको पहिचान गाँउ गाँउमा पु¥याउनु पर्ने बताए । उनले भने –नेपाली पनको अभियान अगि बडाउनु पर्छ ।

कार्यक्रममा बिश्व हिन्दु महासंघ हेमजाका अध्यक्ष भिमराज अधिकारी र युवा रेडक्रस सलकल हेमजाकी सह–सचिब अमृता अधिकारीले टोपि हाम्रो पहिचान भएको उल्लेख गरे । त्यस्तै सदस्य सन्तोश ढकालले नेपाली टोपीको गित गाएका थिए ।

लियो क्लब अफ हेमजाका अध्यक्ष बिष्णु प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दितिय उपाध्यक्ष बिजय त्रिपाठीले गरेका थिए ।