मोवाईल चोरीमा संलग्न एकजना पक्राउ

679
views

मनिषा शर्मा
पर्वत, १७, पुष । जिल्ला प्रहरी कार्यालय पर्वतले चोरीमा संलग्न आरोपमा एकजनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका–४ जिरो बस्ने ३१ वर्षिय कृष्ण नेपालीलाई बिभिन्न स्थानहरुमा मोवाईल चोरी गर्ने गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

नेपालीलाई कुश्मा नगरपालिका–६ न्युरोड स्थित हंग्री आइज रेष्टुरेन्टबाट खाजा खाने सामसुङ मोवाईल चोरी गरी फरार रहेको उजुरी परेको थियो ।

म्याग्दी मंगला गाउँपालिका–६ कासविन वि.क.को सामसुङ मोवाईल चोरी गरी फरार रहेको नेपालीलार्य आरोप लागेको छ । नेपालीलाई पर्वत जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।