जलजलामा आयोजित महायज्ञमा दर्शनार्थीहरुको घुईँचो

890
views

निर्मल पौडेल,
पर्वत, २१, पुस । जलजला गाउँपालिका ३ मल्लाज वगरफाँटमा सञ्चालित श्रीमद् भागवत ज्ञान महायज्ञमा दर्शनार्थीहरुको घुईचो लागेको छ ।

जलजला ३ वगरफाँट सिद्धवावा प्राथामिक विद्दालयको शैक्षिक विकासका लागि यही पौष १६ गतेवाट सञ्चालन गरिएको महायज्ञमा दर्शनार्थीहरुको भिड लागेको हो ।

महायज्ञमा चौथो दिन सम्म १६ लाख ८९ हजार २ सय २८ रुपैँया संकलन भएको आयोजकले बताएको छ । पण्डित गुरु कमलनयन गौतमको मुखारविन्दुवाट कथावाचन र भजनकिर्तन सहित विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको महायज्ञ यहि पौष २३ गते सम्म सञ्चालन हुने स्थानिय हरी जिसीले जानकारी दिएका छन् ।

शैक्षिक क्षेत्रको विकासका लागि आयोजना गरिएको पवित्र कार्यमा सरिक भई पुण्य कमाउन आयोजकले सम्पुर्णलाई आग्रह गरेको छ ।