फार्मेसी संघमा कंडेल

1666
views

शोभा जिसी
कावासोती । नवलपुर । नेपाल फार्मेसी संघ नवलपुरको विहीबार अधिवेशनले नवलपुर अस्पतालका विष्णु कंडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षयमा नवदिप कोइराला, सचिवमा विश्व काफ्ले, सहसचिवमा शोभा शर्मा, कोषाध्यक्षमा हरी सुवेदी, सहकोषाध्यक्षमा तारा चालिसे, सदस्यमा झलक शर्मा, आयुष्मा पौड्याल, हेमन्त घिमिरे, रामचन्द्र आचार्य र भीमप्रसाद पराजुली सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष विष्णु कंडलले अबका दिनमा औषधि पसल दर्ता गर्नको लागि काठमाडौं जानु पर्ने बाध्यता अन्त्य गर्न लागि पर्ने बताए । कार्यक्रम नेपाल फार्मेसी संघ नवलपुरका संयोजक पारस खनालको अध्यतामा भएको थियो ।