वाइडबडी अनियमिततामा संलग्नता छैन्-अधिकारी

636
views

काठमाडौं, २३, पुस ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा आज विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको बताउँदै वाइडबडी खरिदमा भएको अनियमितताको निष्पक्ष छानविन गर्न समेत आग्रह गर ।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई टाट पल्टिने अवस्थाबाट जोगाउन आफूले दोस्रो र तेस्रो किस्ता भुक्तानी गरेको बताए । पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने ‘मैले दोस्रो र तेस्रो किस्ता नदिएको भए निगमको ९ अर्ब जोखिममा पथ्र्यो ।’

उनले वाइड बडी खरिदमा निगमद्वारा आह्वान गरिएको बोलपत्रमा कानुनी त्रुटी नभएको दाबी गर्दै कानुन र वैधानिक रुपमा भुक्तानी गरिएको स्पष्ट पारे ।

‘अनुसन्धान गर्न अख्तियार प्राप्त निकायलाई सहयोग मैले पूर्ण रुपमा सहयोग गर्छु’, उनले भने, ‘दोषी उम्कन पाउनु हुँदैन र निदोर्ष फस्नु हुँदैन, दोषी जोसुकै भएपनि कानुनी कारवाही हुनुपर्छ ।’