स्वर्गिय प्रविण खड्का स्मृति सेवा कोषबाट शर्मा सम्मानित

912
views

निर्मल पौडेल
पर्वत,२३ पौष । स्व. प्रविण खड्का स्मृति सेवा कोष वाग्लुङबाट अपाङ्गता भएकाहरुको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै पर्वतका जगन्नाथ शर्मा सम्मानित भएका छन् । कोषले आईतबार एक कार्यक्रमको आयोजना गरी अपाङ्गताको क्षेत्रमा बिशेष योगदान पुर्याउने शर्मालाई सम्मानित गरेको हो । पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा जन्मेर सदरमुकामलाई कर्मथलो वनाएर सामाजिक कार्यमा अग्रसर भएका शर्माले अपाङ्गता लगायत समाजमा बिशेष योगदान पु¥याएको भन्दै नगद रु पाच हजार सहित दोशल्ला र सम्मान पत्रले सम्मानित भएका हुन्। शर्मा लगायत फरक क्षमता भएका अन्य ४ जनालाई समेत कोषले पुरस्कृत गरेको छ ।

फरक क्षमता भएका तर्फ शारीरिक अपाङ्ग धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्नाकोत्तर तहमा अध्यनरत बिष्णु प्रसाद पौडेल ,दृष्टिबिहीन जनता धन उच्च माबि बलेवाका डिना कुमारी पाण्डे, बौद्धिक अपाङ्ग बिशेष बाल कक्षा बागलुङमा अध्यनरत कमला थापा र बहिरा तर्फ बहिरा आवसीय माबि रामरेखाका बिनिता डिसी रहेका छन् ।

सम्मानित एबं पुरस्कृत सबैलाई प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल र कोषका अध्यक्ष काजि रोशनले नगद प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मान पछि बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले फरक क्षमता भएकाहरुलाई हौसला प्रदान गर्नका लागि कोषले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले मानव जीवनलाई सफल बनाउनका लागि समाजमा सकारात्मक कार्य गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कोषका अध्यक्ष काजीरोशनले धौलागिरिमा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउने हरुलाई थप हौसला प्रदान गर्नका लागि कोषले त्यस्ता व्याक्ति हरुलाई पुरस्कृत गर्दै आएको वताए ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी, समाजसेवी देब बहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोशाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्य कृष्ण गण्डकी क्याम्पसका अध्यक्ष कमल बहादुर जिसी, नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव राम थापा अबिरल, महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला खड्का ,पुरस्कृत ब्यक्तित्व बिष्णु प्रसाद पौडेल र डिना कुमारी पाण्डे लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कोषका अध्यक्ष काजि रोशनको अध्यक्षता सदस्य विश्वनाथ रेग्मीको स्वागत मन्तब्य र सदस्य सचिव युक्त राजभण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।