जैमिनी महोत्सव उल्लासमय

1246
views

सिताराम थापा
बागलुङ, २९, पौष । बागलुङको जैमिनी नगरपालिकामा शुक्रबार देखी सञ्चालित प्रथम जैमिनी महोत्सव उललासमय बनेको छ । कला संकृतिको संरक्षण, खेलकुदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्वेश्यले सहारा क्लव कुश्मीशेराको आयोजना र जैमिनी नगरपालिकाको विशेष सहयोगमा महोत्सव आयोजना गरेको हो ।

परापुर्वकालदेखि जैमिनीघाटमा मनाउदै आएको माघे संक्रान्ति मेलाको निरन्तरता नै यो महत्सब हो । महोत्सवमा प्रथम मेयर कप भलिवल प्रतियोगिताबाट महोत्सवको सुरुवात गरिएको थियो ।

जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले महोत्सवको एक समारोहबिच उद्घाटन गरेका थिए । माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेश स्तरीय लोक दोहोरी गित प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, दोस्रो जैमिनी डान्स आईडल प्रतियोगिता, भजन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरीएको छ ।

‘कला संकृति तथा खेलकुदको सम्र्वद्धन, कृषि व्यापार, उद्योग तथा पर्यटनको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सवको मुख्य समारोह माघ १ गते सम्माननिय उपराष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जिल्लाको दक्षिण क्षेत्रमा प्रबर्धन गरीएको महोत्सबमा करीब ७५ वटा व्यापारिक तथा स्थानिय उत्पादनका स्टलहरु राखिएको छ । नगरप्रमुख पौडेलले पर्यटन बिकास र स्थानिय प्रबर्धनका लागि लागि महोत्सव महत्वपुर्ण कार्यक्रम भएको बताए ।

मेला र महोत्सवहरुका कारण प्रचार प्रसार र पर्यटकको आगमनमा बृद्धि गर्ने भन्दै पौडेलले व्यापार व्यवसाय तथा कृषि उपजहरुको बजारीकरणको लागि महोत्सव महत्वपुर्ण थलो भएको बताए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य तथा जैमिनी नगरपालिकाका उप प्रमुख लिला राना, नकपा गण्डकी प्रदेश सदस्य लाल बहादुर परियार, नेपाली कांग्रेस जिल्ला सचिव नवराज पौडेल, नेकपा नगर कार्यदलका सदस्य सोभा प्रसाद शर्मा, नेपाली कांग्रेस नगर सभापति काँशीराम आचार्य, राष्ट्रिय जनमोर्चाका डिल बहादुर श्रीष, राप्रपाका पुणेन्द्र सापकोटा वडाअध्यक्षहरु चक्र थापा, भुपेन्द्र थापा, लक्ष्मी प्रसाद सापकोटा, गोपाल पौडेल, कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर श्रीष, शान्ति दिप बहुमुखी क्याम्पसका अध्यक्ष हरि प्रसाद शर्मा लगायतले आफ्ना धारणा राखे ।

महोत्सवमा पहउले जैमिनी क्षेत्रका स्थानीयले झाँकीहरु, बजागाजा, स्थानिय साजैलो, लोक भजन, सहित बृहत् र्याली प्रर्दशन गरे । महत्सवमा जैमिनी डान्स आईडल प्रतियोगिता, भजन, ब्याडमेन्टन, दोहोरी गित, प्रतियोगिताहरु अतयोजना गरिने आयोजकले जनाएको छ। यसै गरि आकर्षणमा रमाईलो मेला, सोरठी, सालेजोहरु, र प्रर्दशनीहरु रहेका छन् ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन दिएका छन् ।
उक्त मेला जैमिनीघाट मन्दिरमा परापुर्व कालदेखि धार्मिक सास्कृतिक पर्वको रुपमा मनाउदै आएको पछि कुश्मिसेरा बजारमा मनाउदै आएको यश बर्ष महोत्सबमा रुपान्तरण गरिएको नागरिक अभियान्ता सिताराम थापाले बताए ।