नेपाली सेनाको ध्यानाकर्षण

668
views

काठमाडौ । भारतको औपचारिक भ्रमण माघ २ गते स्वदेश फिर्ता भएका प्रधान सेनापतिको पोषकको विषयलाई लिएर पूर्व जर्नेल तथा सैनिक विज्ञ एवं अर्को प्रसंगमा सैन्य मुख्यालय श्रोतको हवाला दिदैँ केहि अनलाईनमा प्रकाशित समाचारको नेपाली सेनाले ध्यानाकर्षण गराएको छ ।

भ्रमणको सिलसिलामा प्रधान सेनापतिबाट भारतीय सेनाका विभिन्न सैनिक क्याम्प तथा तालिम केन्द्रहरुको भ्रमण कार्यालय पोशाकमा भएको र भ्रमण समापन गरी स्वदेश फिर्ता हुने दिन पनि सेन्ट्रल कमाण्डको भ्रमण सम्पन्न गरी कार्यालय पोशाकमा नै स्वदेश फिर्ता भएको सेनाले जनाएको छ ।

तर केही अनलाईन मिडियामा भने टोपी (फरेज क्याप) भारतमा छुटेको, पोशाक नलगाएको भन्ने प्रकाशित समाचार सत्य नभएको र प्रधान सेनापति लगायत सम्पूर्ण भ्रमण दलका सदस्यहरु चुस्ता पोशाकमा नभई कार्यालय पोशाकमा स्वदेश फिर्ता नभएको नेपाली सेना प्रष्ट्याएको छ ।

सामान्यतया हवाई यात्राको दौरान सिभिल पोशाक लगाउने र आगमन पश्चात् सम्मान गारत कार्यक्रमको लागि सेरेमोनियल (ट्युनिक) पोशाकमा सम्मान गारत लिने विगतको प्रचलन अनुसार नै प्रधान सेनापतिले सम्मान गारत लिएको पनि सेनाद्वारा प्रसित विज्ञप्तीमा उल्लेख गरिएको छ ।