अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्षमा–गजुरेल

660
views

सिराह । नेकपा (क्रान्तिकारी माआमेवादी) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय भेला सिरहामा सम्पन्न भएको छ ।

भेलाले हरिकृष्ण गजुरेलको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय समिति निवाचित गरेको छ ।संगठनको उपाध्यक्षमा किरण अधिकारी थारु र शिलु न्यौपाने, महासचिवमा पेसल दहाल, सचिवमा रामबहादुर महरा, मानकुमार न्यौपाने, सूर्य कार्की, दिपेन्द्र लामिछाने र महेश श्रेष्ठलाई चयन गरेको छ भने कोषाध्यक्षमा रञ्जित शाह चुनिएका छन् ।

भेलाले संगठनका सदस्यहरुमा हेमराज शर्मा, केशव साउँद, कपिलदेव भट्ट, दिपेन्द्र लम्साल, बासु अधिकारी, सन्तोष दहाल, सुलभ वैद्य, विनोद केसी, इसान पौंडेल, अमित सापकोटा, दिपक पोख्रेल, हिक्मत शाही, हिक्मत महरा, शोभा सेन्चुरी, खेमराज पोख्रेल, मनोविज्ञान शर्मा, डबल काफ्ले, पुष्कर जोशी, टेकेन्द्र साउँद, जगत बहादुर शाही, अस्मिता श्रेष्ठ, नहकुल खड्का, सुलभ बैद्य, माधव भट्ट, सुरज आचार्य लगायतलाई चयन गरेको छ । भेलाले १६ सदस्य पछि थप्ने निर्णय गरेको छ ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज सीपी गजुरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी स्थाीय समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेल, पार्टी पीविएम कृष्णदेव सिंह दनुवारलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।