बाग्लुङमा नेपाल ट्रेड युनियन कांग्रेस गृह श्रमिक संघको प्रशिक्षण

940
views

सीताराम थापा
बागलुङ, ११, माघ । नेपाली कांग्रेस पार्टीको भातृ संगठन, नेपाल ट्रेड युनियन काँग्रेस नेपाल गृह श्रमिक संघ बागलुङ समितिको आयोजनामा ट्रेड युनियन शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न आज शुक्रबार सम्पन्न भएको छ । नेपाली कनंग्रेस र ट्रेड युनियन अन्त्रगत महिलाहरुको राजनीतिमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम यस आयोजाना गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापाले नेपालको हरेक आन्दोलनहरुमा महिलाहरुको महत्वपुर्ण भुमिका र योगदान रहेको बताउनु भयो । उहाँले महिलाहरुको क्षमता बिकास र शशक्तिकरण बिना नेपाली समाजको परिवर्तन असंम्भव रहेकोले प्रशिक्षण कार्यक्रम गरीएको बताउनुभयो ।

कार्यक्रममा पूर्वसभासद तथा नेपाली कांग्रेस पूर्व सभापति प्रकाश शर्मा पौडेलले नेपाली समाजका महिलाहरु नेतृत्व बिकासमा आईरहेकोले र नेपाली कांग्रेसले समेत आगामी समयमा महिलाको स्थान र पहुच सुनिश्चित गरेकोले महिलाको क्षमता बिकास आश्यक भएको बिचार ब्यक्त गर्नु भयो ।

उक्त अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्मा, नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

पुर्व राज्यमन्त्री चम्पादेवी खड्का, पुर्व कार्यवहाक सभापति जगदिशचन्द्र उपाध्याय, पार्टी सचिव नवराज पौडेल, नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य लक्ष्मी चापागाई, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त शर्मा, नेपाल महिला संघका सचिव उषा पौडेल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।