संसदबाट चिकित्सा शिक्षा विधेयक पारित

923
views

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । संसदको बहुमतले चिकित्सा शिक्षा विधेयक पारित गरेको हो ।

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधकैबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए ।