बागलुङ जैमिनिमा अखिल नेपाल युवक संघको भेला सम्पन्न

821
views

सीताराम थापा
वाग्लुङ । अखिल नेपाल युवक संघ बागलुङको जागरण अभियान सहितको जैमिनि नगरस्तरीय भेला सम्पन्न भएको छ । “स्थानीय तहको अधिकार र बिकाश बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर !“ भन्ने मुल नाराका साथ सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत जैमिनी नगरपालिकाको भेला कुश्मिसेरा बजारमा सम्पन्न गरेको हो। संघको गण्डकी प्रदेश सचीव संजाल शर्माको किषेश उपस्थितिमा यम पुन अध्यक्ष रहेको १५ सदस्य नगर स्तरीय समिती निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्ष, सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः वीर बहादुर थापा, सुरेन्द्र राना, रामबहादुर श्रीस, राम बहादुर थापा, र सदस्यहरु गणेश थापा, जीवन पुन, गोबिन्द थापा, खगेन्द्र थापा, हरि पौडेल, मोहन पुन, श्री प्रसाद थापा, बिष्णु शर्मा, नवराज पौडेल र एक स्थान रिक्त रहेको छ भने बिरेन्द्र थापा र खगेन्द्र क्षेत्रीलाई सल्लाहकार समेत निवार्चित गरेको छ ।

प्रमुख अतिथि युवक संघ गण्डकी प्रदेश सचिव संजाल शर्माले युवाको बर्तमन अवस्था, युवाको समस्या र चुनौती, राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालमा युवाको भुमिका किषयक सम्बोधन गर्नु भएको थियो ।

उहाँले शोषण बिहिन र न्याय पुर्ण समाज निर्माण गर्न क्रान्तिकारी युवाहरू सचेत र संगठित हुँदै किसान, मजदुर र व्यापक जनाताको बिचमा जाने र पुरानो भ्रष्ट,अराजक दलाल सरकार र ब्यवस्था विरुद्ध संघर्षमा जोड दिदै आमूल परिवर्तन र जनताको बास्तबिक समस्या हल गर्नको लागि नयाँ जनवादी क्रान्ति गर्ने दिशामा अगाडी बढनु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमममा राष्ट्रिय जनमोर्चा जैमिनी नगर पालिकाका सचीव ठाकुर शर्मा, जैमिनि( १ राजमो वडा अध्यक्ष चित्र चापागाईं, युवक संघ जिल्ला सदस्य ओमकार श्रीस, यम पुन, दिपेन्द्र पौडेल लगाएतले भेलामा सम्बोधन गर्नु भएको थियो । संघका सुरेन्द्र रानाको संचालन हरि पौडेलको अध्यक्षता श्रीप्रसाद थापाले गर्नु भएको थियो ।