नेकपा (क्रान्तिकारी माओवादी) बाग्लुङको जिल्ला सम्मेलन सम्पन्न

907
views

बाग्लुङ्ग २१, माघ । नेकपा (क्रान्तिकारी माओवादी) बाग्लुङको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । १२ औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले वर्तमान व्यवस्थाको अन्त्य गरी जनवादी व्यवस्था स्थापना गर्नका लागि संघर्ष गर्नुपर्ने बताए ।

गजुरेलले मुलुकको परिवर्तनका लागि शहिदहरुले बगाएको रगत र उनीहरुले देखाएको बाटोमा अगाडी बढीरहेको उल्लेख गर्दै संसदवादी दलहरुले राष्ट्रघाती काम गरेको स्पष्ट पारे ।

कार्यक्रममा सो पार्टीका पोलिट व्युरो सदस्य एवं देजमो प्रदेश नं–४ का संयोजक केश वहादुर परियारले देश र जनताको पक्षमा लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

परियारले भने ‘मुलुकमा जनवादी व्यवस्था स्थापनाका लागि संघर्षमा होमिनुको विकल्प नभएको स्पष्ट पार्दै दलाल व्यवस्थालाई क्रान्तिकारीहरुले घुँडा टेकाई छाड्ने चेतावनी दिए ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं कास्की जिल्ला पार्टीका ईन्जार्च राम्जी थापा, देजमो केन्द्रिय सदस्य एवं पर्वत जिल्ला ईन्चार्ज तेजेन्द्र पौडेलको उपस्थिति रहेको थियो ।
सेक्रेटरीमा–गुरुङ
नेकपा (क्रान्तिकारी माओवादी) बाग्लुङको सम्पन्न १२ औं जिल्ला सम्मेलनले सेक्रेटरी पूर्णबहादुर गुरुङको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । सम्मेलनपछि ३५ सदस्यीय जिल्ला समिति सदस्यहरुबाट ११ सदस्य रहने गरी सचिवालय निर्माण गरिएको छ । सम्मेलनबाटै सल्लाहकारहरुको पनि चयन गरिएको छ ।

चयन गरिएका सल्लाहकार समितिका पाँच सदस्यहरुबाट एम गुरुङको अध्यक्षतामा सल्लाहकार समिति निर्माण गरेको छ ।
१७ सदस्यिय देजमो गठन
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हेमेन्द्र घर्तिमगरको अध्यक्षमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको १७ सदस्यिय समिति चयन गरेको छ ।