म्यान्चेस्टर सिटी र मड्रिड विजयी

629
views

काठमाडौं, ९, फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र एट्लेटिको मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्डको म्यान्चेस्टर सिटीले जर्मनीको शाल्कालाई ३–२ ले हरायो ।

सिटीका सर्जियो अगुएरो, राहिम स्टर्लिङ र लेरोए सानेले एक–एक गोल गरे । पराजित टोली शाल्काको लागि नबिल बेन्तालेबले पेनाल्टीमार्फत दुई गोल गरे ।

च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनको एट्लेटिको मड्रिडले इटालीको युभेन्टसलाई २–० ले हरायो । आफ्नै मैदानमा एट्लेटिकोलाई विजयी गराउन होजे जिमिनेज र डिएगो गोडिनले एक–एक गोल गरे ।