रहेनन् प्रदेशसभा सदस्य वली

651
views

काठमाडौँ, १०, फागुन १० गते । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज बिहान असामयिक निधन भएको छ ।

सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचाररत वलीको शुक्रबार बिहान निधन भएको जानकारी प्रदेश नं. ५ का मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिए ।

माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए ।

तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका वली दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।