ओली सरकार धान्न नसक्ने सेतो हात्ती–थापा

773
views

कैलाली, १०, फागुन । कैलालीको भजनी र धनगढीमा पुगेको देभक्त जनगणतान्त्रिक मोर्चा नेपालको अभियान टोलिले शुक्रबार विशाल जनसभा सम्पन्न गरेको छ ।

जनसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिव परि थापाले सम्बोधन गरेका छन् । थापाले ओली सरकार देश र जनताले धान्न नसक्ने सेतो हात्ती भएको आरोप लगाएका छन् ।

उनल सचेत जनताहरु अबको नयाँ संघर्षमा आबद्ध हुन थालेको र आफूहरु त्यसका लगि नेतृत्व दिन तयार रहेको बताएका छन् ।

उनले देश सोचेको भन्दा कैयौं गुणा खतरामा फसिसकेको र जनताका जनजीविकाका समस्याहरु पनि धान्न नसकिने अबस्थामा पुगिसकेको कुरामा जोड दिएका छन् । थापाले कम्युनिष्ट नामधारी दुईतिहाईको सरकारले देशमा डरलाग्दो अवस्था सिर्जना गराउन पुगेको बताएका छन् ।

आभियान टोलीका अर्का नेता तथा चन्द्रहरि सुवेदीले देश वास्तवमा जनताको नै भएकाले जनताले यसको रक्षाका खातिर उठिबस्नु पर्छ भन्ने कुरामा जोड दिए ।

जनताले त्यतिबेला एमालेमाको नक्कली अनुहारमा विश्वास गर्न पुगेकाले धोखा पाएको कुरा पनि स्पष्ट पारे ।