मेलम्ची खानेपानी अनियमितताबारे सांसदको प्रश्न

824
views

काठमाडौँ । सांसद्हरुले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा भएको अनियमितताबारे प्रश्न उठाएका छन् । सांसदहरुले प्रतिनिधि सभामा मेलम्ची आयोजनामा भएको भनिएको भ्रष्टाचारबारेमा प्रश्न उठाएका हुन् ।

प्रतिनिधि सभामा मन्त्री विना मगरलाई प्रश्न गर्दै कांग्रेसका सांसद गगनकुमार थापाले मेलम्चीलाई लिएर खानेपानी मन्त्री मगर र तत्कालीन सचिव (हाल नेपाल ट्रस्टमा सरुवा) गजेन्द्र ठाकुरबीचको जुहारीबारे जनताले बुझ्न चाहेको बताए ।

’मेलम्चीको खानेपानी योजनामा भ्रष्टाचार भयो भन्ने मन्त्री र सचिव बीच आरोप प्रत्यारोप भइरहेको छ’, थापाले प्रश्न गरे, ’दोषी को हो हामीले जान्न पाउनुपर्छ, दोषीलाई कारबाही हुनुपर्यो ।’

जबाफमा मन्त्री मगरले आफू मन्त्री भइसकेपछि हालसम्म ८४ करोड रुपैयाँ मात्रै भुक्तानी भएको बताउँदै एक अर्ब भ्रष्टाचार भयो भन्ने कुरा अफबाह मात्रै भएको बताइन् ।