मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

546
views

काठमाडौं, १६, फागुन । सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

मन्त्री अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते आज राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

बैठकले झण्डा आधा झुकाउने र विदेशस्थित कुटनीतिक नियोगमा समेत झण्डा झुकाउने निर्णय गरेको छ ।

छानविन समिति गठन
बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन समेत गरेको छ । आयोग सदस्यमा नेपाली सेनाका सहायक रथी दीपक बास्तोला र अवकाश प्राप्त क्याप्टेन प्रमोद लामा सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन् ।