वाइडबडी खरिद प्रक्रियामा अधिकारी निर्दोष

625
views

काठमाडौँ । वाईडवडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष भएको प्रधानमन्त्री केपी ओलीले बताए । हेलिकप्टर दुर्घटनामा निधन भएका रविन्द्र अधिकारी शोक प्रस्ताव पारित गर्न बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले उनीसँँग सरोकार नै नभएको वाइडबडीको विषय जोडेर बदनाम गर्न खोजेको बताए ।

प्रधानमन्त्री ओलीले वाइडबडीमा मन्त्री अधिकारीले केही पनि नगरेको र त्यो वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा भएको बताए । वाइडबडीमा रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद हो ओलीले भने ‘उहाँजस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले, आरोप लाञ्छना लगाउने र अपमान गर्ने कामहरु गर्न हुँदैन ।’

मन्त्री अधिकारीले छ वटा विमास्थलमा रात्रि उडान सञ्चालन गर्ने, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट परेका छन् ।

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए । दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको उनले बताए । यसैगरी उपसचिव युवराज दाहाल विकासलाई विभिन्न कोणबाट विल्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाई थियो । साथै बैठकले शोक प्रस्ताव पारित गरेको छ ।