भरतमोहनको पार्थिव शरीरमा तीन छोरीले दिए दागबत्ती

440
views

काठमाडौँ, १९, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुराना नेता भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले आइतवार दागबत्ती दिएर अन्तिम संस्कार गरिएको हो ।

८२ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो । अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।