नेकपा सरकारलाई सडक आन्दोलनबाटै ठेगान लगाउँछौं–परियार

620
views

गोरखा । मेची–महाकाली अभियानमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नं ४ ले गोरखाको गोरखाबजारमा जनसभा सम्पन्न गरेको छ । सो जनसभालाई संबोधन गर्दै मेची–महकाली अभियानका नेतृत्व एवं देजमो सचिवालय सदस्य तथा प्रदेश नं ४ का संयोजक केश वहादुर परियारले दलाल र भ्रष्टीकरण नेकपा नेतृत्वको सरकारलाई सडक आन्दोलनबाटै ठेगान लगाउने चेतावनी दिएका छन् ।

परियारले कम्युनिष्टका नाउँमा देशमा ब्रह्मलुट गर्ने नक्कली कम्युनिष्टहरुलाई नछाड्ने चेतावनी दिदैं भने जनताबाट जनमत लिने काम दलाल र लुटेराको गर्ने सरकारलाई जनताले ठोगान लगाउने दाबी गरेका हुन् ।

सोही कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य एवं प्रभावशाली युवा नेता नारायण अधिकारी ‘निश्च्छल’ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको अभियान बर्गिय आन्दोलनसँग जोडिएको अभियान रहेको बताए ।

युवा नेता अधिकारीले वर्तमान सरकार भ्रष्टहरुको सरकार भएको आरोप लगाउँदै वर्तमान व्यवस्थाको एउटै विकल्प जनवादी व्यवस्था रहेको उल्लेख गरे । नेता अधिकारीले भने ‘अहिले बहुमतसँग त्रसिनुपर्दैन, तर, बर्तमान सरकारले गम्भिर आघात पु¥याएको जनताको जनजिविकाको सवाल, राष्ट्रियता र संस्थाग भ्रष्टाचारसँग त्रसिनुपर्दछ ।’

सोही कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य एवं धौलागिरी ईन्चार्ज निल बहादुर पुनले नेकपा सरकारले जनताको हरेक सवालमा ढाड सेकेको उल्लेख गरे । उनले गुरुङ, मगर, जनजाती, आदिवासीहरुको थलो तमुवानको पहिचान मेटाउने नेकपाका नेता देव गुरुङ र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध थलोवासीहरुलाई एक हुन आव्हान गरे ।

यस्तै तनहुँको आवुखैरेनीमा आज सम्पन्न जनसभालाई संबोधन गर्दै सो पार्टीका केन्द्रिय सदस्य अशोक लम्साल ‘अनुकल’ ले नक्कली कम्युनिष्टका विरुद्ध सडकमा आउन अपिल गरे । लम्सालले ‘देशको शासन सत्ता नक्कली कम्युष्टिको हातमा रहेको तर अशान्ति, कर, हत्या, हिंसा, बलात्कार जस्ता घटनाको मारले जनतालाई सताएको बताए ।

गोरखामा भएको कार्यक्रमलाई देजमो प्रदेश सदस्य कृष्ण कट्टेल र आवुखैरेनीमा भएको कार्यक्रमको सञ्चालन देजमो केन्द्रिय सदस्य वावुराम सुवेदीले गरेका थिए ।