चौतर्फी दबाबपछि गिरफ्तार विद्यार्थी नेता छुटे

649
views

सुर्खेत, २२, फागुन । गत १३ गते सुर्खेतबाट गिरफ्तार गरिएका नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारीका नेताहरु आज रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको आदेशमा उनीहरु रिहा भएका हुन । क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको मेची महाकाली अभियानको क्रममा १३ गते सुर्खेतमा आयोजित जनसभा सकेर साँझ फर्कने क्रममा वाङ्गेसिमनबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

जनसभाबाट फर्कने क्रममा अखिल क्रान्तिकारी सुर्खेतका सदस्यहरु मिलन शाही र शिव कडेललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयको सामान्य तारिखमा आज छाडिएको क्रान्तिकारी माओवादीको ६ नम्बर प्रदेशका कार्यबाहक सेक्रेटरी कृष्ण गुरुङले बताए ।

चौतर्फी दबाबपछि रिहाई भएका विद्यार्थी युवा नेताहरु-   तस्विर  मनराज कठायत


उहाँहरुलाई बिना कारण राज्यले गिरफ्तार गरेको थियो, पार्टीसँगौ चौतर्फी दबाबपछि उनीहरुलाई छाडिएको हो । त्यसैगरी रिहा भएका कार्यकर्ताहरुको सम्मानका लागि सुर्खेतको विरेन्द्रनगर स्थित होटेल सम्मानमा ‘पत्रकार भेटघाट तथा कार्यकर्ताको सम्मान’ गरिएको छ ।

आफ्ना कार्यकर्ताहरुलाई बिना कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी माओवादीका नेताहरुले तुरुन्त नछाडेमा कडा संघर्ष गर्ने भन्दै चेतावनी दिदैँ आएका थिए ।

हिजो मात्र चितवनमा सम्पन्न देजमोको अभियानको समापन सभामा बोल्दै क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कडेल प्रतिकले राज्यको दमनकारी नीतिको विरोध गर्दै कार्यकर्तालाई तुरुन्त छाड्न चेतावनी दिएका थिए ।