सांस्कृतिक विविधता नेपालको पहिचान– ओली

572
views

काठमाडौँ, २३, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् । ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरेका छन् ।

‘नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ‘यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।’