हेमजा आलु महोत्सव–२०७५ को तयारी तिव्र

1239
views

गोबिन्द तिमिल्सिना
हेमजा, २६ फागुन । दशौ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तिव्र पारिएको छ । चैतको अन्तिम साता हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको आयोजक संस्था विष्णुपादुका युवा क्लव हेमजाले जनाएको छ ।

‘सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव २०७५ चैत २२ देखि २०७६ बैशाख १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुनेछ ।

यसै गरी आलु महोत्सवको तयारी भइरहेको बेला अहिले हेमजाका किसान भने आ—आफनो खेतमा काम गर्न ब्यस्त भएका छन । यसरी यहाका किसान आलु खन्न लागी परेका छन ।

महोत्सवको तयारी भइरहदा किसानलाइ भ्यइ नभ्याइ भइरहेको छ। यसरी किसानले दुःखका साथ आलु उत्पादन त गरेका छन तर किसानले उचित मुल्य भने पाउन सकेका छैनन्।। आलुमा मात्र नभइ अन्य तरकारीमा पनि उचित मुल्य पाउन नसकेको हेमजाका किसानको गुनासो रहेको छ ।