बार्सिलोनासँग रायो भायकानो पराजित

580
views

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रायो भायकानोलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना ३–१ ले विजयी भयो । बार्साका लागि जेरार्ड पिके, लियोनल मेस्सी र लुईस सुवारेजले एक–एक गोल गरे । ला लिगा फुटबलकै अर्को खेलमा एथ्लेटिको मड्रिडले लेगानेजलाई १–० ले हराउँदा गेटाफेले हुएस्कामथि २–१ को जित निकाल्यो ।

गएराति डेपोर्टिभो आलाभेज र आईबारले १–१ गोलको बराबरी खेलेका छन् । ला लिगा फुटबलमा आज राति रियाल मड्रिडले रियाल भालाडोलिडसँग खेल्नेछ ।

गएरातिका खेलपछि स्पेनिस लिग फुटबलमा २७ खेलबाट ६३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।समान खेलबाट ५६ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड ४८ अंकको साथ तेस्रो स्थानमा छ ।