यसकारण रोनाल्डो कारवाहीमा पर्ने

555
views

काठमाडौ, ५ चैत्र । ईटालीयन फुटबल क्लब युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने भएका छन् । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युरोपेली फुटबल महासंघ युएफाले रोनाल्डोलाई कारबाही गर्ने भएको हो ।

रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाएका थिए ।

३४ बर्षीय पोर्चुगिज खेलाडी रोनाल्डोले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा एथ्लेटिको प्रशिक्षक सिमोनले पनि दर्शकहरुलाई खराब संकेत गरेका थिए ।

युएफाले यही मार्च २१ मा बस्ने बैठकमा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ । यसअघि युएफाले सिमोनलाई पनि २० हजार युरोको जरिवाना गराएको थियो । एजेन्सीको सहयोगमा