दशौं राष्ट्रिय हेमजा आलु महोत्सव सम्पन्न

934
views

गोबिन्द तिमिल्सिना
हेमजा, २, बैशाख । दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ सम्पन्न भएको छ । महोत्सवमा आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दशर्कले भरपूर मनोरञ्जन लिएका थिए । महोत्सवमा ऋषि अधिकारी, सुरेन्द्र गुरुङ, माया केसी, शिवहरी ढुङगाना, मिना अधिकारी, शंकर पन्त, राजेन्द्र पोख्रेल, हास्यतर्फ लक्ष्मण ढुङगानाको प्रस्तृतिले दर्शकलाई थप मनोरञ्जन दिलाएका थिए ।

महोत्सवमा रत्यौली गित प्रतियोगितामा नमुना आमा समूह प्रथम, आर्वाविजय आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय, इन्द्रेणी आमा समूह सान्त्वना भएका छन । त्यस्तै उत्कृष्ट दुलाहा दुलही तर्फ मिलिजुली आमा समुह र उत्कृष्ट लुठो तर्फ राधा कृष्ण आमा समुह र उत्कष्ट नृत्य राष्ट्रिय लोक दोहो प्रतिष्ठान नेपाल हेमजा इकाइ हुन सफल भएका छन ।

महोत्सव अन्र्तगत भएको राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा प्रथम, बाराही रोधीघर पोखरा द्वितीय साथै दर्पणछायाँ दोहोरी पोखरा र गण्डकी प्रदेश दोहोरी प्रतिष्ठान सान्त्वना हुन सफल भए ।

समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले महोत्सवको संदेशलाई देशैभर पु¥याउनुपर्नेमा जोड दिर्दै हेमजा कृषिका लागि गण्डकी क्षेत्रकै नमुना ठाउँ भएको चर्चा गरे ।उनले प्रदेशले भुःउपयोग नीति ल्याउने तयारी गरेको बताए ।

कायक्रममा वडाध्यक्ष शोभाकर तिम्सिना, पुर्व सांसद शारदा पौडेल, नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) हेमजाका संयन्त्र सदस्य माधवशरण पौडेल, महोत्सवका सल्लाहकार रामचन्द्र त्रिपाठी, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना लगायतले पनि धारणा राखेका थिए ।

विष्णु पादुका क्लबका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममाको सञ्चालन महासचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए ।

सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ सञ्चालन भएको दशौं राष्ट्रिय हेमजा आलु महोत्सव आइतबारसम्म विष्णुपादुका खेल मैदानमा भइरहेकोे थियो । समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि बीऊ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेको थियो ।