राष्ट्रपति भण्डारी बैशाख ११ गते चीन जाने

940
views

काठमाडौं, २ बैशाख । अप्रिल २५ देखि बेइजिङमा हुने बिआरआईको दोस्रो शिखर सम्मेलनमा भाग लिनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छिन् ।

राष्ट्रपति भण्डारी यही वैशाख ११ गते चीन जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन् । राष्ट्रपति भण्डारीको उक्त भ्रमणको तयारी तीव्र पारिएको छ ।