बहुमतको बलियो सरकार छ–प्रधानमन्त्री

883
views

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बहुमतको मात्र नभई बलियो सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले यहि सरकारले विकास र विकास र समृद्धिको सपना पुरा गर्ने दाबी गरे । नेकपाको ७१ औँ स्थापना दिवसको अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा ओलीले स्थापनादेखि नै कांग्रेसले गलत बाटो समातेको बताए ।

‘कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको देख्दा अचम्म लागेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले ‘अर्थतन्त्र ठीक बाटोमा भएको र केही मान्छेहरु नेकपाले गरेको विकास हेर्न नसकेको आरोप लगाए ।

ओलीले कांग्रेसले इतिहासका अनुभवहरूबाट शिक्षा लिनुपर्ने बताउँदै गलत बाटो लिनु नहुने सुझाउँदै कांग्रेसले जहिले पनि प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेको र जनताका शक्तिसँग वैरभाव गर्ने गलत नीति लिएको आरोप लगाए ।