अवैध भरुवा बन्दुक नियन्त्रणमा

1115
views

स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाले नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै आफूमातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले १ चैतदेखि ०७६ वैशाख ६ गतेसम्म अवैध हतियार बुझाउन सूचना जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले १ चैतदेखि ०७६ वैशाख ६ गतेसम्म अवैध हतियार बुझाउन सूचना जारी गरेको थियो ।

स्याङ्जाको बिरुवा गाउँपालिकाबाट अवैध भरुवा बन्दुक प्रयोगकर्ता दुईजनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार समेत चलान गरिएको छ । बिरुवा गाउँपालिका–३ का थमनसिंह थापामगर र सोही ठाउँका थामबहादुर थापालाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् अदालतमार्फत दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

बिरुवा गाउँपालिकाका–३ स्थित सिउँदी कुथर भन्ने स्थानतर्फ जाँदै गर्दा थमनसिंहले बोकेको अवैध भरुवा बन्दुक पड्कन गई निजकै कोखामा लागेर घाइते भएका थिए ।