देशैभरका अदालत ठप्प पार्ने ट्रेड युनियनको चेतावनी

745
views

काठमाडौं, १३, बैशाख । ट्रेड युनियनले देशैभरका अदालतहरु ठप्प पार्ने चेतावनी दिदैं आन्दोलनको घोषणा गरेको छ । कर्मचारीहरुको आधिकारीक संस्था रहेको ट्रेड युनियनले २०७५ साउनदेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता नदिएको र न्यायाधीश नियुक्तिलगायतका विषयलाई लिएर देशैभर आन्दोलनको घोषणा गरेको हो ।

सरकारले अदालतका कर्मचारीलाई दिने भनिएको प्रोत्साहन भत्ता नपाएका कारण आन्दोलन गर्नुपरेको युनियनका अध्यक्ष प्रकाश पराजुलीले बताए ।

युनियनले बिहीबार र शुक्रबार कालोपट्टी बाँधी काम गर्ने र १५ गतेदेखि २२ गतेसम्म दैनिक १ देखि ६ घण्टासम्मा कार्यालय समय कार्य बहिष्कार गर्नेजस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

साउनदेखि मासिक ८० घण्टा अतिरिक्त समय काम गरे शुरु तलब स्केलको ५० प्रतिशत भत्ता दिने सरकारको निर्णय भएपनि उनीहरुले अहिलेसम्म पाएका छैनन् ।