घाचोक माछापुच्छ्रे महोत्सवको तयारी

514
views

श्रीभद्र पौडेल
हेमजा, १४, बैशाख । माछापुच्छे« गाउँपालिका–३, घाचोक स्थित परिवर्तनका लागि युवा संजाल (युनेक) नेपालको आयोजनामा भोली आइतवारदेखि सुरु हुने तेस्रो घाचोक माछापुच्छ्रे महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।महोत्सव यहि बैशाख २१ गतेसम्म चल्ने जनाइएको छ । आयोजक युनेक नेपालले शुक्रवार पोखरामा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो । महोत्सवको औचित्यमाथि प्रकाश पार्दै मूल आयोजक समितिका सदस्य सचिव रेशम नेपालीले महोत्सवका आकर्षणहरुमा अन्तर क्लव स्तरीय पुरुष भलिवल प्रतियोगिता, यूनेक डान्सिङ आइडल (सिजन २) को ग्राण्ड फिनाले, मौलिक झाँकी प्रदर्शनी तथा योग प्रतियोगिता लगायत रहेको बताए ।

त्यसका साथै रत्यौली गीत प्रतियोगिता, दुध र बदामबाट बनेका परिकारहरु, होमस्टेमा बस्ने व्यवस्था एवम् हास्य कलाकारका प्रस्तुतिहरु तथा यूनेक नेपाल सामाजिक सेवा पुरस्कार प्रदान गर्न लागिएको पनि उनले जनाए ।

संस्थाका अध्यक्ष मौसम कार्कीले पहिला उत्सवको रुपमा मनाउँदै आएको मेलालाई यसपटक महोत्सवको आकार दिएको भनाई राखे ।उनले महोत्सवमा कुल ६५ वटा स्टल रहने जसमध्ये १५ वटा कृषि प्रायोजनका लागि निःशुल्क उपलब्ध गराउने पनि जानकारी दिए ।

आयोजकले महोत्सवले गण्डकी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग पु¥याउने पनि विश्वास लिएको छ ।जसका लागि २० घरमा होमस्टे निर्माण गरिएको र महोत्सवको उद्घाटनको दिन ति होमस्टकोे पनि उद्घाटन गर्ने कार्यक्रम निर्माण गरिएको छ ।महोत्सव संचालन गर्न कुल रु.२३ लाख १५ हजार खर्च लाग्ने अनुमान पनि गरिएको छ ।महोत्सव प्रवेशका लागि प्रतिव्यक्ति रु. ५० को टिकटको व्यवस्था पनि गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकामा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीहरुको प्रदर्शनी तथा प्रचारप्रसार गर्ने, मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्घन गर्ने, नवप्रतिभाहरुलाई उपयुक्त अवसर दिने, पर्यटन प्रवद्र्घनमा सघाउ पुग्याउने, सामुदायिक सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्ले महोत्सव गर्न लागिएको हो ।
आयोजक युनेक नेपालका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महोत्सवका सदस्य सचिव नेपालीले संचालन गरेका थिए ।