अज्ञात रोगले आठ जनाको मृत्यु

718
views

हुम्ला, १४, वैशाख । अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संखया आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।

बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदान लगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् ।

बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ । एक हप्ताअघि पानी परेसँगै रोग फैलिएपछि मृत्यु हुनेमा सो गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् । वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।