तरकारी जोगाउन पुतली पासो

राख्नुभयो त ? हेलीको भर्पा

928
views

पर्वत १८, बैशाख । किसानले उत्पादन गरेको तरकारीमा प्वालै प्वाल पार्ने किरा नियन्त्रणका लागि पुतली पासो राख्न थालिएको छ । टमाटर, भिण्डी, काँक्रा, करेला, काउली, बन्दाजस्ता तरकारीका फल/दानामा पुतली जातको किरा गवारोले समस्या ल्याएपछि पुतली पासो राख्न किसानहरुलाई सुझाइएको छ ।

तरकारीको दाना तथा फलहरुमा पुतली जातको किराले नष्ट गर्न थालेपछि भाले जातको पुतली किराले पोथी जातको पुतली किरा भेट्न नदिनका लागि व्यावसायिक कृषकलाई पुतली पासो राख्न सुझाव दिइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन ईकाई (मकै जोन) मुडिकुवाले मकैजोन पकेट क्षेत्रका व्यावसायिक किसानलाई तरकारी जोगाउनका लागि सो तरिका अपनाउन लगाएको हो ।

पुतली पासोलाई भाले पासो पनि भनिन्छ प्राविधिक सहायक नमोनारायण शर्माले भने ‘टमाटर लगायतका दानाजन्य तरकारीमा प्वालै प्वाल पार्ने किरा नष्ट गर्नका लागि एकरोपनी जग्गामा लगाइएको तरकारी जोगाउन ८/१० वटा पुतली पासो राख्न जरुरी छ ।

पुतली पासोको मुख्य विशेषता भनेको भाले जातको पुतली किरा पोथीसँग नभेटियोस् र थप किरा उत्पादन गरी तरकारी नष्ट नगरोस् भनेर भाले फसाउने पासो हो । पासोमा पुतलीको गन्ध राखिएको हुन्छ, त्यही गन्धले भाले जातको पुतली किरा पोथी खोज्दै जाँदा सोही पासोमा फस्छ ।

बैशाख, जेठ र असारमा यसले बढी नष्ट गरेको छ प्राविधिक सहायक वेद प्रसाद शर्माले भने ‘टमाटर, भिण्डी, काउली, बन्दाजस्ता तरकारीका दानाहरुमा लाग्ने गवारो नियन्त्रणका लागि हेलीको भर्पा राखेर संरक्षण गर्न जरुरी छ ।’