ओलीबाहेक अरुसँग वार्ता नगर्ने विप्लवको निष्कर्ष

1757
views

काठमाडौं, २२ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता समितिसँग वार्ता नगर्ने जनाएको छ । सो समुहले प्रधानमन्त्री केपी शर्मा ओलीसँगबाहेक अरुसँग वार्ता नगर्ने स्रोतको भनाई छ ।

सरकारले समितिका संयोजक सोमप्रसाद पाण्डेलाई विप्लवसँग वार्ता गर्न जिम्मेवारी दिएपनि सो समुहले समितिसँग वार्ता नगर्ने जनाएको हो । पाण्डेले विप्लवसँग वार्ताको लागि धेरै पटक प्रयास गरेपनि वार्ता हुन सकेको छैन् ।

विप्लव समुह वार्ता नै गर्ने हो भने भने प्रधानमन्त्री ओलीबाहेक अरुसँग वार्ता नगर्ने निश्कर्षमा देखिएको छ । ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएको छ । सरकारको यो कदमको चौतर्फी विरोध पनि भएको थियो ।