मेरोमाइक्रोफाइनान्सको सञ्चालकमा कल्याण बिक्रम पाण्डे

761
views

नुवाकोट । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बिक्रम पाण्डेलाई नियुक्त गरिएको छ । संस्थाको सञ्चालक समितिको बैंठकले संस्थागत समुह तर्फमा जनता बैंक लिमिटेडका कल्याण बिक्रम पाण्डेलाई सञ्चालकमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक पाण्डेलाई संचालक समितिका अध्यक्ष सन्जिव मानन्धरले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव रहेका पाण्डे जनता बैंक नेपाल लि.का डेपुटी जनरल म्यानेजर हुन् ।

उक्त अवसरमा संस्थाका सञ्चालकहरु राजा अर्याल, सजना मानन्धर, स्वतन्त्र सञ्चालक तर्फ सुमित बाबु खत्री, बद्री प्रसाद पुडासैनी, कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल, निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालको उपस्थिती रहेको थियो ।