हेमजामा समुदाय र प्रहरीबिच साझेदारी सचेतना कार्यक्रम

736
views

गोबिन्द तिमिल्सिना
हेमजा, २२ बैशाख । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कास्की जिल्ला समन्वय समितिको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत गौरीशंकर मा.वि.मा समुदाय र प्रहरी बिच साझेदारी तथा लागु औषध सचेतना प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कायक्रममा बोल्दै प्रमुख अतिथी विद्यालयका प्राचार्य अम्बर बहादुर कुवँरले विद्यार्थी भनेको काँचो माटो भएको बताउदै प्रहरी सेवा जिल्ला समन्वय समितिले ज्ञानवर्दक कुरा आफ्ना विद्यार्थीलाई सिकाएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

सव– ईन्सिपेक्टर भरत पौडेलद्वारा प्रशिक्षण कार्यक्रममा कक्षा ७, ८ र ९ का दुईसय विद्यार्थीको सहभागिता थियो ।

सामुदायिक प्रहरी जिल्ला समन्वय समितिका महासचिव उत्तम जोशीको अध्यक्षतामा भएको कायक्रममा स्वगत कार्यक्रम संयोजक बसन्त बाँस्तोलाले र सञ्चालन प्रहरी हबल्दार बबिता मल्लले गरेकी थिइन् ।