‘तलवमा अनियमितता भएको छैन’–राष्ट्रिय सभा अध्यक्षको सचिवालय

1064
views

काठमाडौं । राष्ट्रिय सभाा अध्यक्षको सचिवालयले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ‘चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुभेको भन्ने विभिन्न सञ्चार माध्यमम प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सचिवालयले सम्माननीय अध्यक्षको गरिमामा आँच पुग्ने गरी गरिएको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सचिवालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘संसदमा निर्वाचित भएर आउने पदाधिकारी तथा सदस्यहरुलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ ले पारिश्रमिक तथा सुविधाको व्यवस्था गरेको छ । उक्त ऐनको दफा ५ ले आफ्नो कार्यकालभरको निमित्त पदाधिकारी र सदस्यले स्वकीय सचिवालयको लागि अनुसूची २ मा उल्लेख भए बमोजिमको कर्मचारी सुविधा पाउनेछ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम अध्यक्षज्यूको स्वकीय सचिवालयमा ८ जना कर्मचारी रहने व्यवस्था छ ।’

संसदका पदाधिकारी र सदस्यज्यूहरुको स्वकीय कर्मचारीको पारिश्रमिक विगतका संसद, पुनस्थापित व्यवस्थापिका संसद, पहिलो तथा दोस्रो संविधानसभा, रुपान्तरित व्यवस्थापिका संसद र संघीय संसदको निर्वाचनपछि पनि २०७५ पुष महिनासम्म सम्बन्धित पदाधिकारी र सदस्यहरुको खातामा नै जाने प्रचलन रहेको थियो । यसरी सम्बन्धित पदाधिकारी तथा सदस्यज्यूहरुले समष्टिमा प्राप्त रकमबाट स्वकीय कर्मचारीलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको उल्ललेख गरिुएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘‘२०७५ पुषपछि संघीय संसद सचिवालयले पदाधिकारी तथा सदस्यरुको स्वकीय कर्मचारीको पारिश्रमिक सम्बन्धित कर्मचारीकै बैंक खातामा जाने व्यवस्था मिलाउन सुरु गरेको हो ।’’

यसै क्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको सचिवालयमा कार्यरत स्वकीय कर्मचारीको पनि व्यक्तिगत बैंक खाता माग गर्ने र प्राप्त भएकाहरुको हकमा सम्बन्धित कर्मचारीकै खातामा रकम पठाउने व्यवस्था सुरु भइसकेको सचिवालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

सचिवालयमा कार्यरत सवारी चालक र कार्यालय सहयोगीको बंैंक खाता उपलब्ध भइनसकेका कारण विगतमा जस्तै उनीहरुको पारिश्रमिक अध्यक्षज्यूको खातामार्फत भुक्तानी भएको हो । सवारी चालकको खाता नम्बर हालै प्राप्त भएको छ । पारिवारिक कारणले नागरिकता प्राप्त गर्न कठिनाई भोगिरहेको कार्यालय सहयोगीको हकमा बैंक खाता खोल्न सकिएको छैन । निजको नागरिकता बनाउन यस सचिवालयले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराइसकेको छ । उनीहरुको बैंक खाता प्राप्त हुनसाथ सोझै व्यक्तिको खातामा जाने प्रबन्ध हुने उल्लेख गरिुएको छ ।