नेकपाका दुई प्रभावशाली नेता तनहुँबाट गिरफ्तार

749
views

तनहुँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य विवेक विक र जनपरिषद्का जिल्ला अध्यक्ष शिव शङ्कर पक्राउमा परेका छन् ।

भानु नगरपालिका–२ आमबोटेबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु नेकपा तनहुँका जनसरकार प्रमुख रहेको जिल्ला प्रहरी कार्यालय तनुहँुका डीएसपी लीलाराज लामिछानेले बताए ।

दुवैविरुद्ध राजद्रोह मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको लामिछानेले बताए ।