पोखरा विमानस्थलमा जाइरोकप्टर दुर्घटना

892
views

पोखरा । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ । हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो ।

दिउँसो १ः४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए । दुर्घटनामा परी जाइरोकप्टरको दुबै पंखा भाच्चिएको छ भने अगाडिको सिसा फुटेको छ । पाइलट र यात्रु सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ ।