चार महानगरपालिका मध्ये ३ महानगरपालिकामा एमालेकै अग्रता

636
views

काठमाडौं, ७ जेष्ठ । ३४ जिल्लाको मत परिणाम आइसकेको छ । अत्यन्तै चासोक साथ हेरिएका चार महानगरको भने चुनाव सकिएको एकहप्ता वितिसक्दा अहिलेसम्म आधा मत समेत गणना हुन सकेको छैन ।
अहिलेसम्मको मत परिणाम अनुसार एमालेले तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरामा अग्रता लिएको छ भने ललितपुरमा झिनो मत सहित कांग्रेसले अग्रता देखाएको छ ।जसमा काठमाडौं महानगरपालिकामा एमालेका विद्या सुन्दर शाक्यले २३ हजार ४२३ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका राजुराज जोशीले १६ हजार ४८५ मत ल्याएका छन् । साथै विवेकशील नेपालीकी रन्जु दर्शनाले ९ हजार ३२३, साझा पार्टीका किशोर थापाले ६ हजार ९५३ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २६ सय ५३ मत ल्याएका छन् ।
त्यस्तै ललितपुर नगरपालिकामा कांग्रेसका चिरिबाबु मर्हजनले १७ हजार ५६७ प्राप्त गरेर अग्रस्थानमा रहेका छन भने एमालेका हरिकृष्ण व्यन्जनकारले १६ हजार २४६ मत ल्याएका छन् । साथै साझा पार्टीका रमेश मर्हजनले १० हजार ३७४ मत ल्याएर तेश्रो भएका छन भने माओवादी केन्द्रका दिनेश मर्हजनले ४ हजार ४३४ मत प्राप्त गरेका छन् ।
देश विदेशबाट अत्यन्तै चर्चा गरिएको महानगर भरतपुरमा पनि एमालेका देवि ज्ञवाली १८ हजार १८५ मत सहित अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १७ हजार १४४ मत ल्याएकी छन् ।
त्यस्तै पोखरामा कांग्रेस–नेकपा माओवादी केन्द्रले तालमेल गरेको थियो । दुई पार्टीले तालमेल गरेर चुनावमा होमिदा पनि एमालेले नै अग्रता लिएको छ । जसमा एमालेका मान बहादुर कुँवरले २० हजार ४७९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामजी कुँवरले १८ हजार ४३५ मत प्राप्त गरेका छन् ।